नवाज शरीफ अर्को महिना पाकिस्तान फर्किन सक्ने
इस्लामावाद – पाकिस्तानका पूर्वप्रधानमन्त्री नवाज शरीफ अर्को महिना ईदपछि लन्डनबाट स्वदेश फर्किने अनुमान गरिएको छ ।
उनी स्वदेश फर्किने तयारी गरेको पीएमएल–एनका एक वरिष्ठ नेताले भनेका छन् । पार्टी नेता मियाँ जावेद लतिफले शरीफको सम्भावित स्वदेश फिर्ताको विषयमा गठबन्धन साझेदारहरूसँग छलफल गरिने बताए ।
२०१७ मा पनामा पेपर्स मामिलामा सर्वोच्च अदालतले पदमुक्त गरेपछि उनीविरुद्ध सरिफविरुद्ध भ्रष्टाचार मुद्दाहरू शुरू गरेको छ । लाहोर उच्च अदालतले उनलाई उपचारका लागि विदेश जान चार साताको अनुमति दिएपछि नोभेम्बर २०१९ मा सरिफ लन्डन गएका थिए।
ईद वैशाखको पहिलो साता मनाइनेछ ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया