४९७ अवैध आप्रवासीको उद्धार
त्रिपोली – आप्रवासन सम्बन्धी एक अन्तर्राष्ट्रिय संस्था (आईओएम) ले लिबियाको सामुद्रिक किनाराबाट उद्धार गरिएका ४९७ जना अवैध आप्रवासीहरु लिबिया फर्किएकाे बताएको छ । सो संस्थाले सोमबार एक विज्ञप्ति प्रकाशन गरेर उक्त विषयमा जानकारी दिएको हो । ती आप्रवासी कागजातबिहीन भएका र सामुद्रिक किनारमा अलपत्र परेका थिए ।
लिबियाका विभिन्न स्थानबाट उनीहरु अन्यत्रै जान लागेका थिए र उनीहरु कागजात बिहीन अवस्थामा रहेकाले उनीहरुलाई सो संस्थाले उद्धार गरेर लिबिया नै फर्काएको थियो । सो संस्थाले सात दिनको अवधिमा उनीहरुलाई उद्धार गरेर फर्काएको थियो । कतिपय यी आप्रवासीहरु जबर्जस्ती समुद्र पार गर्न खोज्दा दुर्घटनामा पर्ने गरेका छन् ।
लिबियाको सामुद्रिक किनाराबाट भाग्न खोज्ने क्रममा गएको वर्षमात्र पनि कम्तीमा पनि ७७ जनाको ज्यान गएको थियो । त्यस्तै गत वर्ष मात्र ३४० जना यस क्रममा बेपत्ता भएका थिए । उक्त संस्थाले यस वर्षमात्र करिब ४ हजार अवैध आप्रवासीलाई उद्धार गरिएको पनि जनाएको छ ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया