विश्व

केजरीवालको घर बाहिर तोडफोड गर्ने ८ जना जमानतमा छुटे

इकागज |
चैत ३०, २०७८ बुधबार २१:७ बजे

काठमाडौं - दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालको घर बाहिर विरोध प्रदर्शन र तोडफोड गरेका मध्ये ८ जनालाई हाई कोर्टले जमानत दिएको छ । 

न्यायाधीश आशा मेननको इजलासले मंगलवार यस्तो आदेश दिएको हो ।


उनीहरुले सार्वजनिक सम्मपत्तिमा क्षति नपुर्याएको फैसलामा उल्लेख गरिएको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् ।

केजरीवालले फिल्म ‘द कश्मीर फाइल्स’ लाई लिएर दिएको अभिव्यक्तिपछि भारतीय जनता युवा मोर्चाका कार्यकर्ताले उनको घर बाहिर बिरोध प्रदर्शन गरेका थिए क्रममा कयौं कार्यकर्ता पक्राउ परेका थिए ।
 


Author

थप समाचार
x