विश्व

ब्रुकलिन सबवे स्टेसनका आक्रमणकारी पक्राउ

इकागज |
बैशाख १, २०७९ बिहीबार ७:१८ बजे

न्युयोर्क- २४ घण्टाको खोजीपछि न्युयोर्क प्रहरीले अन्ततः ब्रुकलिन सबवे स्टेसनमा मंगलबार भएको बन्दुक हमलाका दोषिलाई पक्राउ गरेको छ । प्रहरीले फ्रान्क रोबर्ट जेम्सलाई म्यानहट्टनको पूर्वी गाउँबाट गिरफ्तार  गरेको हो । सर्वसाधारणले दिएको सूचनाको आधारमा प्रहरीले उनलाई  पक्राउ गर्न सफल भएको थियो । 

क्राइम स्टोपर्स नाम गरेका एक सर्वसाधारणले ६२ वर्षीय जेम्सलाई पूर्वीगाउँमा हिँडिरहेको अवस्थामा देखेका थिए । 


स्थानीय समयअनुसार मंगलबार बिहान रेलभित्र उनले चलाएको गोली लागेर १० जना घाइते भएका थिए भने अन्य दर्जनौं घाइते भएका थिए । घाइतेमध्ये कम्तीमा पाँच जनाको अवस्था गम्भीर रहेको बताइएको थियो । 

सो घटना अतिवादी हमलासँग सम्बन्धित भए /नभएको विषयमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ । बन्दुकधारीले ग्यास मास्क लगाएका थिए । मानिसहरूमाथि अन्धाधुन्ध फायरिङ गर्नुअघि उनले सबवे गाडीभित्र ग्यास क्यानिस्टर खोलेका थिए । एजेन्सी


Author

थप समाचार
x