डच अदालतद्वारा सन् १९८० का अफगानी जेल प्रमुखलाई १२ वर्ष जेल सजाय
काठमाडाैँ – एजेन्सी – डच अदालतले बिहीबार एक वृद्ध अफगानी पुरुषलाई सन् १९८० को दशकमा काबुल जेलको कुख्यात हमलामा जिम्मेवार ठहर गर्दै युद्ध अपराधको लागि १२ वर्षको जेल सजाय सुनाएको छ ।
'अब्दुल रज्जाक राफिफले ‘कैदीहरूलाई क्रुरतापूर्वक र अनादरपूर्ण व्यवहार गरेका र स्वेच्छाचारी ढङ्गमा उनीहरूलाई जेलमा दिइने स्वतन्त्रताबाट वञ्चित गरेको अभियोगमा १२ बर्ष जेल सजाँय तोकिएको छ', न्यायाधीश एल्स कोलले द हेग क्षेत्रीय अदालतमा भने, 'यि युद्ध अपराध हुन् ।'
न्यायाधीश कोलले भने, '७६ वर्षीय राफीफले १९८३–८८ को समयमा उनको प्रभावकारी आदेश र नियन्त्रण रहेको पुल–ए–चार्खी जेलमा कैदीहरूको दुर्व्यवकारमा प्रमुख भूमिका निर्वाह गरेको पुष्टि भएको छ ।'
उक्त जेलमा हजारौं कैदीहरूलाई यातना दिइएको र कतिपयलाई अन्यायपूर्वक मृत्युदण्डसमेत दिइएको कोलले बताए । सिरिया र अफगानिस्तानलगायत द्वन्द्वग्रस्त राष्ट्रहरूमा भएका अपराधहरूको लेखाजोखा गर्न युरोपेलीहरूले गरेको श्रृंखलाबद्ध प्रयासमा द हेगमा भएको यो मुद्दा सबैभन्दा पछिल्लो मुद्दा हो ।
सन् २०१२ मा ब्लगहरूले पुल–ए–चार्खिका पूर्व कमान्डर नेदरल्याण्ड्समा बसोबास गरिरहेका समय समाचार सम्प्रेषण गरेपछि उनलाई सन् २०१९ मा गिरफ्तार गरिएको थियो पछि डच अधिकारीहरूले अनुसन्धान सुरू गरेका थिए ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया