युक्रेनीहरू स्वदेश फर्किदै, अन्तिम सास आफ्नै घरमा फेर्ने इच्छा
काठमाडौँ – एक महिना भन्दा बढी समय पोल्यान्डमा बिताएपछि ओलेना र मारिया आफ्नो देश युक्रेन फर्किएका छन् । उनीहरु पोल्यान्डको सिमासँगै जोडिएको युक्रेनी सहर मोस्तयस्का नजिकै आइपुगेका छन् ।
बीबीसीले जनाएअनुसार ओलेना र मारियाको घर युक्रेनको पूर्वी डोनेस्क क्षेत्रको स्लोभ्यान्समा छ । मार्च १० तारिखमा रुसी सेना युक्रेनको डोनेस्क नजिकै आएपछि ओलेनाका श्रीमानले छोरी मारियालाई लिएर देश छाड्न आग्रह गर्छन् ।
त्यसपछि ओलेना र मारिया पोल्यान्डको स्जेसिन सरहमा रहेको साथीको घरतर्फ लाग्छन् । उनीहरुलाई त्यहाँ भुईमा सुत्नुपर्ने बाध्यता आइपर्छ । त्यतिमात्र नभएर भाषा नबुझेका कारण उनीहरुले काम पाउन संघर्ष गर्नुपर्छ । तर रुसी सेनाको आक्रमणको डरकाबीच उनीहरु डोनेस्कतिर लाग्दैछन् ।
ओलेनाका श्रीमान एक एम्बुलेन्स चालक हुन् र उनी अहिले पनि स्लोभ्यान्समै श्रीमति र छोरीको प्रतिक्षामा छन् । आफ्नै देश फर्किएपछि उनीहरु असाध्यै खुसी छन् र ओलेनाले जेसुकै भएपनि युक्रेनमै फर्किनु सबैभन्दा खुसीको कुरा भएको बताउछिन् ।
रुसले युक्रेनमाथि आक्रमण गरेयता करिब एक करोड मानिसले आफ्नो घर छाडेको र त्यसमध्येपनि ४३ लाख मानिसले देश नै छाडेको अनुमान गरिएको छ । युक्रेनले युद्धकै क्रममा काम गर्न सिक्दै गर्दा रुसी सेनाको आक्रमणको डर रहेको क्षेत्रमा पनि युक्रेनी नागरिक देश फर्किन थालेका छन ।
रुसले युक्रेनमाथि आक्रमण गरेको दुई महिना पुग्नै लाग्दा युक्रेनले रुसी आक्रमण र तिव्रपतनको डरलाई रोक्न सफल भएको छ । ४८ घण्टाभित्रै युक्रेनको राजधानी किभमाथि रुसले कब्जा जमाउने अनुमान पूर्णरुपमा असफल भइसकेको छ ।
अर्कोतर्फ देश छाडेका युक्रेनीहरु शरणार्थी जीवन विताउदा विताउदै दिक्क भएको तथा कतिपय आफ्नै देश फर्किन आतुरछन् । उनीहरु आफ्ना सम्पती, बच्चा तथा बुढापाकाको सुरक्षाका लागि पनि चिन्तित छन् । पोल्यान्डमा सुरक्षित बस्दै आएको भएपनि सिमा पार गरी आफ्नै देशमा फर्किएपछि इस्टर पर्व आफनो परिवारका सदस्यसँगै मनाउन सोफिया हतारिएकी छन् ।
रुसले उनीहरुको बसेको सहरमा बम आक्रमण गरेपछि २० वर्षीया सोफिया र उनकी आमा फेब्रुअरीको अन्तिमतिर पोल्यान्ड पुगेका थिए । सोफियाका अनुसार उनकी आमाले डरका कारण पोल्यान्ड जान बाध्य पारेकी थिईन् । तर उनलाई कहिल्यै पनि विदेशमा बसेको अनुभव भने भएन् । सबैले सहयोग गरेपनि आफूलाई घरमा बसेजस्तो नभएको सोफियाले बताउछिन् । अहिले कैयौ मानिस युक्रेन फर्किरहेका छन् ।
तथ्यांक अनुसार गत बुधबार २४ हजार ७ सय मानिस पोल्यान्ड छिर्दा २० हजार मानिस युक्रेन फर्किएका थिए । जबकी मार्च ६ मा १ लाख ४२ हजार मानिस पोल्यान्ड छिरेका थिए ।
पश्चिमी युक्रेनको लागि लभिभ–होलोभ्नभी रेल स्टेसन मुख्य ट्रान्जिट हब हो र युद्धग्रस्त क्षेत्रका हजारौ मानिसलाई रेलले यहाँ ल्याउछन् । उनीहरुलाई परोपकारी संस्थाहरुले खाना, लुगा तथा सिमकार्ड दिन्छन् र उनीहरुलाई ग्रामिण क्षेत्रमा पुर्याइन्छ । तर अहिले भने ओलेना र मारियाले झै युक्रेन पर्किनेहरुको संख्या बढिरहेको छ ।
इरयना, उनकी छोरी क्याटेरिना, आमा लिना तथा सासु येभजेन्याले सुरक्षित रहनका लागि मोलडोभामा रहेको आफ्ना नातेदारमा गए तर अहिले उनीहरु युक्रेन पर्किने निर्णय गरिसकेका छन् । युक्रेन छाड्नेहरुले निशुल्क यात्रा गरिरहदा उनीहरुलाई भने युक्रेन फर्किदा टिकट खरिद गर्नुपर्नेछ ।
इरयनाले बताए अनुसार उनीहरु चाडै युक्रेन आइपुग्ने थिए तर ८ वर्षीया छोरी विरामी परेपछि भने ढिलो भएको छ । उनीहरुका लागि घर भनेको घर नै हो । इरयना आफ्नी छोरीको सुरक्षाका लागि चिन्तित छन् । उनीहरुले घर छाड्दा रुसी सेना टाढै थिए र अहिले भने उनीहरु बस्ने सहर नजिकै आइपुगेका छन् ।
तर आक्रमणको डर र त्रासबीच युक्रेनीहरु स्वदेश फर्किरहेका छन् किनभने उनीहरुलाई आफ्नै देशमा अन्तिम सास फेर्नुछ ।
बीबीसीको सहयोगमा ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया