विश्व

स्वीडेनमा भएको झड्पमा नौ प्रहरी घाइते

इकागज |
बैशाख ३, २०७९ शनिबार ११:५ बजे

काठमाडौँ – स्वीडेनमा ओरेब्रोमा उग्र दक्षिणपन्थी समूहको कुरान जलाउने मनसायविरुद्ध प्रदर्शनमा उत्रिएका प्रदर्शनकारी तथा प्रहरीबीच झड्प हुदा कम्तिमा ९ जना प्रहरी घाइते भएका छन् । 

प्रहरीले विज्ञप्तिमार्फत झड्पमा ९ जना प्रहरी घाइते भएको जनाएको छ । घाइते भएका प्रहरीमध्ये कतिपयको हात भाचिएको छ । प्रदर्शनकारीले प्रहरीमाथि ढुंगा प्रहार गरेका थिए । 


घाइतेमध्ये तीनजना प्रहरीलाई अस्पतालमा भर्ना गरिएको थियो । एक प्रदर्शनकारीलाई पनि ढुंगाले चोट लागेको बताइएको छ । आप्रवासीको विरोधमा एक समूहले प्रदर्शन गर्दा अर्को इस्लामिक विरोधी स्ट्रम कुर्स समूहले प्रदर्शन गरिरहेका छन् ।

स्वीडेनका प्रधानमन्त्री मागडालेना एन्डरसनले स्वीडेनमा सबै मानिसहरुलाई विचार अभिव्यक्तिको अनुमति दिइएको तथा यो लोकतन्त्रको एक अंक भएको प्रतिक्रिया दिएकी छन् । उनले कुनै कुराको लागि हिंसाको सहारा लिन नहुने तथा यो स्वीकार्य नहुने समेत बताइन् ।


Author

थप समाचार
x