'रुसले आणविक हतियार प्रयोग गर्न सक्छ'
एजेन्सी – युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रुसले आणविक हतियार प्रयोग गर्न सक्ने बताएका छन् ।
रुससँगको द्वन्द्वबीच राष्ट्रपति जेलेन्स्कीको पछिल्लो भनाई आएको हो । ‘रुसले यो गर्न सक्थ्यो, मेरो मतलब तिनीहरूले गर्न सक्छन्’, जेलेन्स्कीले भने, ‘संसारका सबै’ चिन्तित हुनुपर्छ ।
राष्ट्रपति पुटिनले २४ फेब्रुवरीमा युक्रेनमाथि हमला सुरु गरेको केही दिनपछि नै आफ्ना आणविक सेनालाई अलर्टमा राखेका थिए ।
जेलेन्स्कीले अगाडि भने, ‘उनीहरूले रासायनिक हतियारहरू प्रयोग गर्न सक्थे । तिनीहरूका लागि जनताको जीवन केही होइन ।’
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया