विश्व

बेलायती प्रधानमन्त्री जोनसनलाई रुस प्रवेशमा प्रतिबन्ध

इकागज |
बैशाख ३, २०७९ शनिबार १६:१० बजे

काठमाडौँ – रुसले बेलायती प्रधानमन्त्री बोरिस जोनसनलाई रुसमा प्रवेश गर्न प्रतिवन्ध गरेको छ । युक्रेनविरुद्धको युद्धमा बेलायतले शत्रुतापूर्ण अडान राखेको भन्दै बेलायती प्रधानमन्त्री जोनसनलाई रुस प्रवेशमा निशेष गरिएको बीबीसीले उल्लेख गरेको छ । 

रुसी विदेश मन्त्रालयले जनाए अनुसार बेलायतका विदेश सचिव, रक्षा सचिवसहित अन्य १० जनालाई रुस प्रवेश गर्न प्रतिवन्ध लगाइएको जनाएको छ । बेलायतले वरिष्ठ रुसी अधिकारीहरुमाथि प्रतिबन्ध लगाउने घोषणा गरेको प्रतिकार स्वरुप रुसले पनि यो कदम चालेको हो । 


रुसले अमेरिकी राष्ट्रपति जो विडेन र अन्य अमेरिकी अधिकारीहरुलाई समेत रुस प्रवेश गर्न प्रतिबन्ध लगाएको छ । 

यसैबीच संयुक्त राष्ट्र संघले रुसी आक्रमणमा परी युक्रेनका कम्तिमा १ हजार ९ सय भन्दा बढी सर्वसाधारण मारिएको जनाएको छ । राष्ट्र संघले तथ्यांकमा १ हजार ९ सय सर्वसाधारणको मृत्यु भएको देखाइएपनि मृत्यु हुनेको संख्या अझ बढी हुन सक्ने उल्लेख गरेको छ । 
 


Author

थप समाचार
x