रुससँगको वार्ता असम्भव बन्दै गएको जेलेन्स्कीको भनाई
काठमाडौँ –मारिउपोल सहरमा जारी आक्रमण र नागरिकविरुद्ध रुसले गरेको अपराधको थप प्रमाणका कारण रुस र युक्रेनबीच कूटनीतिक वार्तालाई असम्भव बनाउने युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले बताएका छन् ।
रुसले युक्रनेविरुद्धको युद्धलाई निरन्तरता दिइरहदा रुसी राष्ट्रपति भ्लादिमिर पुटिनस“ग वार्ता हुन असम्भव बन्दै गएको जेलेन्स्कीले जनाए । जेलेन्स्कीले रुसी राष्ट्रपतिसँगको वार्ताका लागि छलफल गर्न तयार भएपनि युद्धले निरन्तरता पाइरहदा असम्भव हुदै गएको उल्लेख गरे ।
उनले जति जति रुसले युद्धलाई बढाउदै जान्छ त्यति त्यति वार्ताको सम्भावना कम हुदै जाने जनाए ।
यस अघि रुसीले युक्रेनको मारिउपोलमा रहेका युक्रेनी सेनालाई आइतबार बिहानसम्म आत्मसमर्पण गर्न चेतावनी दिएको छ ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया