युक्रेन संकटः राष्ट्रपति बाइडेनले साझेदारहरूसँग छलफल गर्ने
फाइल तस्बिर
न्युयोर्क - अमेरिकी राष्ट्रपति जो बाइडेनले युक्रेन संकटबारे साझेदारहरूसँग छलफल गर्ने भएका छन् । राष्ट्रपतिले रुसलाई जवाफदेही बनाउन कसरी समन्वय गर्ने भन्ने विषयमा मंगलबार साझेधारहरूसँग् छलफल गर्ने ह्वाइट हाउसले जनाएको छ ।
‘युक्रेनमा हाम्रो निरन्तर समर्थन र रुसलाई जवाफदेही बनाउने प्रयासहरूबारे छलफल गर्न सहयोगी र साझेदारहरूसँग राष्ट्रपतिले भिडियो कल गर्नेछन्’, ह्वाइट हाउसले भनेको छ ।
पछिल्ला दिनमा रुसले आफ्नो हमलालाई पूर्वी युक्रेनमा केन्द्रित गरेको छ ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया