अमेरिकामा मास्क सम्बन्धी जनादेश खारेज
काठमाडौँ – अमेरिकाको फ्लोरिडाका एक संघीय न्यायाधीशले हवाईजहाज र अन्य सार्वजनिक ट्रान्जिटमा बिडेन प्रशासनले लगाएको मास्क जनादेशलाई गैरकानूनी भन्दै खारेज गरेका छन्। अमेरिकी डिस्ट्रिक्ट न्यायाधिश क्याथरिन किमबल मिजेलेले राष्ट्रिय जनस्वास्थ्य एजेन्सीले जनादेश जारी गर्नका लागि आफ्नो कानुनी शक्तिहरू नाघेको बताइन् ।
अमेरिकी ट्रान्जिट अथोरिटीले अबदेखि मास्क प्रयोग गर्ने नियम नलगाउने जनाएको छ । युएस सेन्टर फर डिजिज कन्ट्रोल एण्ड प्रेभेन्सनले गत हप्तानै मे ३ तारिखसम्मका लागि सो जनादेश लम्ब्याएको थियो । मिजेलेको निर्देशनले सबै विमानस्थल, रेल, ट्याक्सी तथा ट्रान्जिटमा मास्क प्रयोग गर्नुपर्ने नियम हटेको छ ।
यता ह्वाइट हाउसका प्रेस सल्लाहकार जेन साकीले उक्त निर्णय निराशाजनक भएको बताउँदै सीडीसीले यात्रुलाई मुख र नाक छोप्न सुझाव दिएको बताए ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया