विश्व

जुलियन असान्ज अमेरिका सुपुर्दगी हुने सम्भावना बढ्दै

इकागज |
बैशाख ७, २०७९ बुधबार १६:५० बजे

काठमाडौँ – विकिलिक्सका संस्थापक जुलियन असान्जलाई अमेरिका अमेरिकामा सुपुर्दगी गर्ने सम्भावना बढेको छ । लन्डनको एक अदालतले असान्जको सुपुर्दगीको स्वीकृतिका लागि बेलायती सरकारलाई पत्र पपठाएको सीएनएनले जनाएको छ ।

अमेरिकामा असान्जलाई गोप्य सैन्य कागजातहरू प्रकाशित गरेको अभियोगमा जासुसी ऐन अन्तर्गत मुद्दा चलाउने तयारी गरिएको छ ।


अदालतले बुधवारको सुनुवाईमा औपचारिक सुपुर्दगी आदेश जारी गरेपछि  बेलायती गृहमन्त्री प्रिती पटेलले असान्जलाई अमेरिका स्थानान्तरण गर्ने निर्णयमा छाप लगाएकी हुन् । तर असान्जले यस निर्णयविरुद्ध अपिल गर्न सक्नेछन्।
सन् २०१० मा विकिलिक्सले हजारौं गोप्य फाइल र कूटनीतिक दस्तावेजहरु प्रकाशित गरेपछि अमेरिकाले असान्जलाई विभिन्न १८ आपराधिक आरोपमा खोजि गरिरहेको । यदि दोषी ठहरिए असान्जले १७५ वर्ष जेल सजाय भोग्नुपर्नेछ।


Author

थप समाचार
x