विश्व

यूक्रेनमा ७७ लाखभन्दा बढी आन्तरिक रूपमा विस्थापित: राष्ट्रसंघ

इकागज |
बैशाख ८, २०७९ बिहीबार १८:५३ बजे

फाइल फोटो

काठमाडौँ - यूक्रेनमा रूसको युद्धका कारण ७७ लाखभन्दा बढी मानिस आन्तरिक रूपमा विस्थापित भएको अनुमान गरिएको छ । उनीहरु आफ्नो घर छाडेर भागेपनि देशभित्रै बसेको राष्ट्रसंघले बिहीबार जनाएको छ 

संयुक्त राष्ट्रसंघको अन्तर्राष्ट्रिय आप्रबासन संगठनले जारी गरेको तथ्याङ्क आन्तरिक विस्थापित व्यक्तिहरू (आईडीपी) मध्ये अप्रिल ५ मा दिएको ७१ लाख रहेको अनुमानित तथ्याङ्कभन्दा बढेको हो । 


रूसले फेब्रुअरीको अन्त्यमा युक्रेनविरूद्ध सुरू गरेको आक्रमणपछि दश लाखभन्दा बढी युक्रेनीहरू आफ्नो देश फर्किएका कीभको सीमा सुरक्षा बलले बुधबार जानकारी गराएको छ । युक्रेनी सीमा सुरक्षा बलका प्रवक्ता लेसीमा आन्ड्री डेमचेन्कोले एक पत्रकार सम्मेलनमा भने, `त्यस समयदेखि हाम्रा ११ लाख नागरिकहरू स्वदेश प्रवेश गरेका छन् ।`

उनले भने, `मस्कोसित युद्ध सुरु भएदेखि नै झन्डै ५० लाख मानिसहरूले पूर्वी तथा पश्चिमी दुवै दिशाबाट गरी युक्रेनी सीमा पार गरेका छन् ।`

डेमचेन्कोले फर्कनेहरूमध्ये कति जनाले युद्धका कारण पहिला देश छोडेका थिए भन्ने कुरा भने बताइएको छैन । 

यसैगरी, संयुक्त राष्ट्र शरणार्थी निकाय यूएनएचसीआरले रूसले युक्रेनमा आक्रमण गरेको दिन फेब्रुअरी २४ देखि ५० लाख ३४ हजार ४९३ युक्रेनीहरू देशबाट बाहिरिएको जनाएको छ । 

यूएनएचसीआरका उपप्रमुख केली टि क्लेमेन्ट्सले भने, `यस द्वन्द्वको आठ हप्तामा हामीले ५० लाख मानिसका पीडा र वेदनाका कथाहरू सुनिरहेका वा गनिरहेका छौँ ।`

यो दोस्रो विश्वयुद्धपछिको युरोपको सबैभन्दा द्रूत गतिमा बढ्दै गइरहेको शरणार्थी सङ्कट हो । युद्धग्रस्त देशमा फर्कने मानिसहरूको न्यून तथ्याङ्कले गर्दा अधिकारीहरूले केही चेतावनीहरू दिएका छन् । रासस


Author

थप समाचार
x