विश्व

अफगानिस्तानको मस्जीदमा विस्फोट: पाँचको मृत्यु, ६५ घाइते

इकागज |
बैशाख ८, २०७९ बिहीबार १९:२ बजे

फाइल फोटो

काठमाडौँ - अफगानिस्तानको एउटा मस्जीदमा गरिएको विस्फोटनमा परी कम्तीमा पाँच जनाको मृत्यु भएको छ ।
 
घटनामा पररु अरु ६५ जना घाइते भएको सरकारी अधिकारीहरुले बिहीबार जानकारी दिएका छन् ।
 
अफगानिस्तानको राजधानी बग्दाददेखि उत्तर तर्फ पर्ने बाल्ख प्रान्तमा पर्ने मजार आइ शरिफ सहरमा रहेको मस्जीदमा विस्फोटन गराइएको हो । 
  
अहिले प्रारम्भिक विवरणहरू मात्रै सार्वजनिक भएकाले मृतक र घाइतेहरुको सङ्ख्यामा तलमाथि पर्न सक्ने अधिकारीहरूले जनाएका छन् । 

प्रहरीले औपचारिक जानकारी भने दिएको छैन । घटनास्थलमा उद्धार तथा खोजीसँगै विवरण संकलनको काम पनि भइरहेकाले अहिले नै आधिकारीक र औपचारिक विवरण उपलब्ध गराउन नसकिएको प्रहरी अधिकारीहरुको भनाइ छ । रासस



Author

थप समाचार
x