युद्धले युक्रेनको पूर्वाधारमा ६० अर्ब अमेरिकी डलरको क्षति
काठमाडौँ– विश्व बैंकले युद्धबाट युक्रेनको भवन र पूर्वाधारमा करिब ६० अर्ब अमेरिकी डलर बराबरको भौतिक क्षति भएको प्रारम्भिक अनुमानले देखाएको छ । अनुमानमा युद्धको बढ्दो आर्थिक लागत समावेश नगरिएको बीबीसीले जनाएको छ । विश्व बैंकका अध्यक्ष डेभिड मालपासले बिहीबार एक सम्मेलनमा रुसले युक्रेनमा युद्ध जारी राखे क्षतिको रकम बढ्दै जाने बताए ।
यता सम्मेलनलाई भर्चुअल रुपमा सम्बोधन गर्दै युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले देशलाई आफ्नो आर्थिक नोक्सानसँग बराबरी गर्न प्रति महिना अनुमानित ७ अर्ब अमेरिकी डलर आवश्यक पर्ने तथा सबै कुराको पछि पुनर्निर्माण गर्न खर्बौ डलर खर्च हुने जनाए ।
जेलेन्स्कीले रुसी सम्पत्तिमाथि प्रतिबन्ध लगाएका र फ्रिज गरेका देशहरूलाई त्यो पैसा युद्धपछि युक्रेनको पुनर्निर्माणमा सहगोग गर्न र अन्य देशहरूले भोग्नुपरेको नोक्सानीको लागि प्रयोग गर्न आग्रह समेत गरे । यसैबीच बेलायतका प्रधानमन्त्री बोरिस जोनसनले रुसी सेनाविरुद्ध लड्नका लागि युक्रेनी सेनालाई प्रदान गरिने सशस्त्र सवारी साधनको प्रयोगको बारेमा बेलायतमा युक्रनी सेनालाई तालिम दिइएको खुलासा गरेका छन् ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया