विश्व

सेनाले हानेको गोली लागेर म्यानमारमा सात वर्षीया बालिकाको मृत्यु

इकागज |
चैत ११, २०७७ बुधबार ७:२८ बजे

काठमाडौँ : म्यानमारमा सेनाले हानेको गोली लागेर सात वर्षीया बालिकाको मृत्यु भएको छ । सत्ता हातमा लिएर सैनिक कू गरेको सेनाले आन्दोलन दबाउन प्रदर्शनकारीमाथि गोली चलाएको थियो । गोली लागेर सात वर्षीया बालिका घाइते भएकी थिइन् ।

उनको उपचारका क्रममा मृत्यु भएको अन्तराष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । म्यानमारको मान्डेले शहरमा घरमा बसेकी बालिकामाथि सेनाले गोली हानेको थियो । बालबालिकाको क्षेत्रमा काम गर्ने संस्था सेभ द चिल्ड्रेनका अनुसार म्यानमारमा अहिलेसम्म २० जनाभन्दा धेरै बालबालिकाको मृत्यु भइसकेको छ । 


सेनाले सत्ता हातमा लिएपछि नागरिकलाई धरपकड गर्ने काम तीब्र छ । सैनिक कू को विरोधमा म्यानमारका नागरिकले दैनिक विरोध प्रदर्शन गरिरहेका छन् । जसको मारमा बालबालिका पनि परेका छन् । अहिलेसम्म सैनिक कू को विरोधमा उत्रिएकामध्ये सेनाको गोली लागेर दुई सय ७५ जनाको मृत्यु भइसकेको छ ।  


Author

थप समाचार
x