मारिओपोलका अन्तिम रक्षकहरू मारिए रुससँगको शान्ति वार्ता रद्ध हुन्छ : जेलेन्स्की
किभ- युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले मारिओपोल सहरका अन्तिम रक्षकहरू मारिएमा रूससँगको शान्ति वार्ता रद्ध गर्ने चेतावनी दिएका छन् । रणनीतिक रूपमा महत्वपूर्ण उक्त सहरलाई रुसले ध्वस्त पारेको छ । सहर कब्जा गरेपछि त्यहाँ रहेका युक्रेनी सुरक्षाकर्मीलाई रुसी सेनाले घेराबन्दी गरेका विवरण सार्वजनिक भएका छन् ।
यसअघि सार्वजनिक भएको एउटा भिडियोमा महिला र बालबालिकाहरू स्टिल कारखाना मुनिको बंकरमा आश्रय लिइरहेका र अन्तिम रक्षकहरू कारखाना बाहिर रहेका देखिन्छन् ।
तीव्र गोलाबारीका कारण त्यहाँ सर्वसाधारणको उद्धार प्रभावित भएको अधिकारीहरूले बताएका छन् । रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले पूर्वी बन्दरगाह सहर मारिओपोललाई युक्रेनबाट मुक्त गरिएको बताउँदै आफ्ना सेनाको प्रशंसा गरेका छन् ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया