बिहारको विधानसभामै प्रहरीले कुटे सांसद
एजेन्सी : भारतमा बिहारको विधान सभामा विपक्षी दलका विधायकहरूमाथि प्रहरीले कुटपिट गरेको छ । भारतीय सञ्चारमाध्यमअनुसार मंगलबार बसेको लोकसभामा विपक्षी दलका सासंदहरूमाथि प्रहरीले कुटपिट गरेको हो ।
प्रहरीले सासंदहरूलाई कुटपिट गरिरहेको भिडियो सामाजिक सञ्जालमा भइरल भएको छ । विहारको विधानसभामा पेश भएको नयाँ प्रहरी विधेयकको विषयमा विवाद भएको थियो। विहार विशेष सशस्त्र पुलिस विधेयक २०२१ को विषयमा केही दिनयता विपक्षी दलहरूले विरोध गर्दै आएका थिए।
क्या देश के इतिहास में किसी विधान सभा में यह शर्मनाक मंजर भी घटित हुआ है?
— Randeep Singh Surjewala (@rssurjewala) March 24, 2021
क्या विधायकों को विधानसभा में थप्पड़-घूसों से जानवरों की तरह पिटवाना संसदीय परम्परा है?
क्या यही जद(यू)-भाजपा का असली चेहरा है?
देखें, कांग्रेस MLA, श्री संतोष मिश्रा से जानवरों से बुरा वर्ताव👇#Bihar pic.twitter.com/AE39MjmX0q
मंगलबार साँझ सो विधयेक सभाबाट पास गरेपछि विपक्षी दल राष्ट्रिय जनता दल (आरजेडी) ले सदन बाहिरै नाराबाजी गरेका थिए । विधेयकमा प्रहरीलाई पक्राउ पुर्जी नभई जो कोहीलाई समातेर हिरासतमा राख्ने अधिकार दिने विषय प्रस्ताव भएपछि विरोध भएको हो ।
कुटपिटमा पर्ने महिला विधायकसहित १२ जना घाइते छन्।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया