विश्व

उर्जा सङ्कट हटाउन मौद्रिक नीति कडा बनाउन श्रीलङ्कालाई आईएमएफको आग्रह

इकागज |
बैशाख १३, २०७९ मंगलबार २१:५० बजे

काठमाडाैँ – अन्तर्राष्ट्रिय मुद्रा कोष (आइएमएफ) ले मङ्गलबार श्रीलङ्कालाई आफ्नो मौद्रिक नीति कडा बनाउन, कर बढाउन र ऋण सङ्कट हटाउन लचिलो विनिमय दर अपनाउन आग्रह गरेको छ ।

आईएमएफको एशिया र प्रशान्त विभागका कार्यकारी निर्देशक एन्ना–म्यारी गल्ड–वुल्फले एउटा भिडियो सम्मेलनमा भन्नुभयो, “हामीले गत हप्ताको अन्त्यमा अधिकारीहरूसँग वार्ताको लागि तयारी हुँदै गर्दा धेरै राम्रो, फलदायी, प्राविधिक छलफल गरेका छौं ।   


श्रीलङ्काका वित्तमन्त्री अली सबारी र केन्द्रीय बैंकका गभर्नर नन्दलाल विरासिङेले हालै देशका लागि वित्त सहायताबारे छलफल गर्न आईएमएफका अधिकारीसँग भेटवार्ता गरेको थियो । 

यसअघि श्रीलङ्काले बाह्य ऋण भुक्तानी निलम्बन गरेको थियो ।  उनले भने, “कर्जाको स्थायित्वका लागि आवश्यक कोष लिने बिषयमा प्रगति हुनेछ । मुद्रास्फितिलाई नियन्त्रणमा राख्न मौद्रिक नीतिलाई कडाई गर्नुपर्छ । हामीले लचिलो विनिमय दरको आवश्यकता देखिएको छ ।” उनले कुनै पनि आईएमएफ प्याकेजको महत्व र श्रीलङ्कासँग सम्झौता गर्न आवश्यक अनुमानित समयबारे भने कुनै प्रतिक्रिया जनाएनन् । 


Author

थप समाचार
x