कुमा कारागार : जहाँ समलिंगीलाई अपराधी मानेर राखिन्थ्यो
सन् १९५७ मार्च ८ बाट अष्ट्रेलियाको कुमा सहरमा समलैङ्गिक अपराध नियन्त्रण गर्न कुमा कारागार पुन: सञ्चालनमा आयो । समाजबाट समलैंगिकता पूर्णरूपमा उन्मुलन गर्न कारागार सञ्चालनमा आएको बताइन्छ ।
कुमा कारागार संसारको एकमात्र समलिंगी कारागार हो । कारागारका कतिपय कामदार र समलिंगी पुरुषहरूलाई अलग गरेर किन राखिएको भन्ने कुरा थाहा छैन ।
६६ वर्षीय लेस जलेच्की कारागारको हिरासत सेवामा अधिकारीकारूपमा सन् १९७९मा आवद्ध भए र पछि करेक्टिभ सर्भिसेस म्युजियमका रूपमा सञ्चालनमा ल्याए। उनी त्यहाँ कैदीहरूलाई उनीहरूकै सुरक्षाका लागि राखिएको विश्वास गर्थे।
‘कुमा एक सुरक्षात्मक संस्था थियो। सिड्नीको ‘लङ बे’ जस्ता ठूला कारागारहरूमा समलैंगिक कैदीहरूलाई हिंसात्मक खतरा रहेका कारण उनीहरूलाई कुमा सुरक्षात्मक कारागारमा राखिने गरिन्छ’ उनले भने।
कारागारका अर्का पूर्व कर्मचारी क्लिफ न्यु भन्छन्, ‘कारागार समलैंगिक कैदीहरूका लागि खुलेसँगै त्यहाँ मनोवैज्ञानिक र मनोचिकित्सकहरू आइरहने गर्थे।‘ यसबाट उनले ती समलैंगिक कैदीहरूको उपचार गरेर सही बाटोमा ल्याउन प्रयास भैरहेको कुरा बुझे।
त्यसैले त्यहाँ सबै कैदीहरूलाई एकल कक्षमा राख्ने गरिन्थ्यो। हिस्टोरिकल डकुमेन्टसका अनुसार त्यस कारागार स्थापनाको जस न्यु साउथ वेल्सका न्याय मन्त्री रेग डाउनिङलाई जान्छ।
सन् १९५७ मा न्यु साउथ वेल्सको दैनिक पत्रिका सिड्नी मर्निङ हेरल्डसँग कुरा गर्दै उनले, ‘मैले युरोप र अमेरिकामा कहिँ पनि समलिंगी कैदीहरूलाई छुट्टयाएर राखिएको पाइनँ। यो संसारको एउटामात्र दण्डनीय संस्था हो जहाँ समलैंगिक अपराधिहरूलाई हिरासतमा राखिन्छ। उनी गौरवान्वित महसुस गर्थे।
‘कुमा’मा कैदीहरूलाई समलिगी भएकै कारण वा समलैंगिक अपराधका कारण हिरासतमा राख्ने गरिन्थ्यो। सन् १९८४ सम्म न्यु साउथ वेल्समा समलैंगिकतालाई अपराध मानिन्थ्यो।
एक पूर्व महान्यायाधिवक्ताका अनुसार, सन् १९५५ मा राज्यका प्रहरी आयुक्त कोलिन डेलानीले समलैंगिक अपराध उन्मुलन गर्न कठोर राज्य कानुन अति आवश्यक रहेको महसुस गरे। त्यसपछि उनले नयाँ दफा अनुरोध गर्दै, एक पुरुष अर्को पुरुषसँग अनौठो तरिकाले कुरा गरे वा समलैंगिक इच्छाहरू भए गिरफ्तार गरिने कानुन बनाइयो। त्यसपछि, त्यस्ता व्यक्तिको मन्जुरी भए पनि वा नभए पनि अपराधी ठहर भएमा १४ वर्ष कैद, अपराध प्रयास गरेमा ५ वर्ष कैद गरिने कानुन बनाइयो।
इतिहासकार गेरी वुदरस्पुनका अनुसार, समलिंगी पुरुषहरूलाई पक्राउ गर्न हँकी प्रहरीहरूको प्रयोग गरी समलिंगीहरूलाई सार्वजनिक शौचालयमा सेक्स गर्न लगाइन्थ्यो।
सन् १९५८ मा, न्यु साउथ वेल्सका सरकारले, समलैंगिकता कारण र त्यसका उपचारबारे अनुसन्धान थाल्यो। त्यसमा स्वास्थ्य क्षेत्रका विज्ञ, मनोचिकित्सक, सामाजिक र नैतिक कल्याणकारीहरूसहित धार्मिक गुरुहरू, दण्ड प्रणालीका विज्ञहरू समावेश गराएर समिति गठन गरियो, जसको नाम ‘अ स्पेशल इन्सटिच्युशन फर कन्भिक्टेड होमोसेक्सुअल अफेन्डर्स’ राखियो।
रेग डाउनिङले, त्यस समस्याको वैज्ञानिक मूल्याङ्कन र सम्भावित समाधान भेटिएपछि, न्यु साउथ वेल्स सरकारले त्यस समस्यालाई महत्वका साथ आक्रमण गरेर उन्मुलन गरिनुपर्ने भनाइ राखे।
त्यसबेला मनोचिकित्सकहरूले समलिंगी कैदीहरूलाई, “के तिम्रो आमाका कारणले तिमी अरु महिलाहरूलाई मनपराउदैनौ?” भनि प्रश्न गर्थे। त्यसबाट उनीहरूले मातृत्व हावी भएका कारण समलैंगिकता उत्पन्न हुने गरेको निष्कर्ष निकाले।
तर कारागारभित्र सम्बन्धमा रहेका कैदीहरू जेलबाहिर निस्किए पनि, आफ्ना प्रेमीसँग भेट्न फेरि समलैंगिक अपराध दोहोर्याउन थाले। त्यसबाट न्यु साउथ वेल्स सरकार समलैंगिकता उन्मुलन कार्यमा विफल भैसकेको थियो, पत्रकार प्याटरिक एबाउड बताउँछन्।
त्यस अनुसन्धानको रिपोर्ट कहिल्यै पनि सार्वजनिक नभएको उनी बताउँछन्। त्यसपछि अन्य यौन अपराधीहरूलाई पनि त्यस कारागारमा समलैंगिक अपराधी भनि कलंकित गरी राख्न थालियो।
सुधारात्मक संस्था र न्यु साउथ वेल्स न्यायालयले ऐतिहासिक प्रकृति रहेकाले यस विषयमा कुनै टिप्पणी गर्न चाहेनन्।
समलिंगीहरूलाई अपराधी मानी कारागारमा राखिने क्रम सन् १९५७ देखि १९८० सम्म जारी रह्यो। बीबीसी
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया