सुकीलाई थप ५ वर्ष जेल सजाय
काठमाडौँ – म्यानमारको एक अदालतले देशकी पूर्व नेतृ आङ सान सुकीलाई भ्रष्टाचारको आरोपमा दोषी ठहर गर्दै पाँच वर्षको जेल सजाय सुनाएको छ । गत वर्ष सेनाद्वारा पदच्युत भएकी सुकीमाथि आफ्ना एक शीर्ष राजनीतिक सहकर्मीसँग घुसको रुपमा सुन र लाखौं डलर लिएको आरोप लगाइएको थियो । तर उनले उक्त आरोपलाई अस्वीकार गरेकी थिइन् ।
सुकीका समर्थक र स्वतन्त्र कानुनी विज्ञहरूले उक्त अभियोगलाई सुकीलाई बदनाम गर्न तथा निर्वाचित नेतालाई राजनीतिमा सक्रिय भूमिकामा फर्किनबाट रोकेर सेनाको सत्ता कब्जालाई वैधानिक बनाउने अन्यायपूर्ण कदम भएको बताएका छन् ।
सुकीलाई यस अघि अन्य आरोपमा ६ वर्षको जेल सजाय सुनाइएको छ । उनीमाथि भ्रष्टाचारको थप १० आरोपहरु लागेको छ । अन्य आरोपहरु पनि प्रमाणित भए नोवेल पुरस्कार विजेता सुकीले करिब १०० वर्षको जेल सजाय भोग्नुपर्ने हुन्छ ।
उनले सैन्य कानून नमानेको आरोपमा बन्दी जीवन बिताइसकेकी छन् ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया