रथयात्राका क्रममा करेन्ट लाग्दा भारतमा ११ को मृत्यु
काठमाडौँ - दक्षिणी भारतको तमिलनाडुमा एउटा मन्दिरमा निस्किएको धार्मिक रथयात्रा क्रममा विद्युतीय करेन्ट लाग्दा कम्तिमा ११ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा दुई बालबालिका रहेका छन् ।
अन्य १५ जना घाइते भएको बीबीसीले उल्लेख गरेको छ । केही घाइतेको अवस्था गम्भीर रहेकाले मृतकको संख्या बढ्न सक्ने अधिकारीहरूले बताएका छन् । तञ्जाभुर जिल्लामा मन्दिरको रथ हाई ट्रान्समिसन लाइभ तारसँग सम्पर्कमा आएपछि दुर्घटना भएको प्रहरीले जनाएको छ ।
तमिलनाडु सरकारले मृतकको परिवारलाई ५ लाख भारतीय रुपैया प्रदान गरिने जनाएको छ भने प्रधानमन्त्री नरेन्द्र मोदीले उनीहरुलाई थप २ लाख प्रदान गरिने बताएका छन् ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया