विश्व

क्यानडाको संसद्ले भन्यो— युक्रेनमा भएको रुसी हमला नरसंहार हो

इकागज |
बैशाख १५, २०७९ बिहीबार ६:५५ बजे

ओटावा - युक्रेनमा रसियाली हमलालाई क्यानाडाली सांसदहरूले नरसंहार भनेका छन् । बुधबार एउटा प्रस्ताव सर्वसम्मतले पारित गर्दै संसद्  सदस्यहरूले रुसले गरेको युद्ध अपराधको पर्याप्त प्रमाण रहेको बताएका छन् ।

क्यानेडियन हाउस अफ कमन्सको प्रस्तावमा रुसले गरेको युद्ध अपराधमा सामूहिक अत्याचार, युक्रेनी नागरिकको जानाजानी हत्या, युक्रेनी बालबालिकाको जबरजस्ती स्थानान्तरण, यातना, शारीरिक तथा मानसिक हानी र बलात्कार जस्ता घटनाहरू समावेश छन् । 


यसै महिनाको सुरुमा प्रधानमन्त्री जस्टिन ट्रुडोले अमेरिकी राष्ट्रपति जो बाइडेनले लगाएको आरोपलाई समर्थन गर्दै युक्रेनमा रुसी हमलालाई नरसंहारको रूपमा वर्णन गर्न धेरै  मानिसहरूको लागि यो ‘बिल्कुल सही’ भएको बताएका थिए । 

युक्रेनमा रुसी हमलालाई लिएर प्रतिबन्ध लगाउने बिभिन्न पश्चिमा देशहरुमध्ये क्यानडा पनि एक हो । 


Author

थप समाचार
x