विश्व

हाइटीमा झडपपछि कम्तिमा २० जनाको मृत्यु, हजारौं विस्थापित

इकागज |
बैशाख १५, २०७९ बिहीबार १५:५३ बजे

काठमाडौँ - हाइटीको राजधानी शहर पोर्ट(ओ(प्रिन्समा भएको दङ्गा भीडन्तमा कम्तिमा २० व्यक्तिको मृत्यु भएको छ  भने हजारौं विस्थापित भएको हाइटीको नागरिक सुरक्षा निकायले बिहीबार जनाएको छ।

आइतबार, अप्रिल २४, बिहान ३ः०० बजे (८ः००जिएमटीे) बाट, ४०० मावोजो र चेन मेकानका गिरोहहरू बीचको शक्तिशाली झडपले जनसङ्ख्यामा त्रास पैदा गरेको छ। परिणामस्वरूप साना बच्चाहरू भएका परिवारहरू सहित हजारौं मानिसहरू विस्थापित भएका छन्। भर्खरैका प्राप्त रिपोर्टहरू अनुसार अप्रिल २४ -२६ सम्म कम्तिमा २० सर्वसाधारण मारिएका छन् । 


विज्ञप्तिमा झण्डै १० घर जलेको र क्षेत्रीय उद्यम, पसल र विद्यालयले आफ्नो सञ्चालन बन्द गरेको उल्लेख गरेको छ।  यसै बीच आगामी दिनमा झडपलाई चर्काउने चेतावनी दिइएको छ ।

अक्टोबर २०२१ मा १७ इसाई मिसनरीहरू १६ अमेरिकी नागरिक र एक क्यानाडाली, पाँच बच्चाहरू सहित पोर्ट-ओ-प्रिन्स बाहिर अनाथालयको यात्राको क्रममा अपहरण र बन्धक बनाइएको छ। मिसनरीहरूलाई ४०० मावोजो नामक कुख्यात सशस्त्र गिरोहले अपहरण गरेको छ।
रासस


Author

थप समाचार
x