विश्व

अफगानिस्तानमा फेरि विस्फोटन, कम्तीमा १० जनाको मृत्यु

इकागज |
बैशाख १६, २०७९ शुक्रबार २१:३४ बजे

एजेन्सी - अफगानिस्तानमा पछिल्लो समय निरन्तर बम विस्फोटनका घटना हुन लागेका छन् । 

तत्कालीन विद्रोहीले सत्ता कब्जा गरेपछि शान्ति छाउने अपेक्षा गरिएकोमा अहिले पनि विस्फोटनका घटना फेरि बढ्न थालेका हुन । 


सरकारी अधिकारीहरूले दिएको जानकारी अनुसार अफगानिस्तानको संघीय राजधानी काबुलमा रहेको सुन्नी मस्जिदमा शुक्रबार अर्को विस्फोटन भएको छ ।

विस्फोटनमा परी कम्तीमा १० जनाको मृत्यु भएको गृह मन्त्रालयले जनाएको छ । अघिल्लो शुक्रबार पनि विस्फोटनको घटनामा परी मानवीय क्षति भएको थियो । 

पछिल्लो समय विषेश गरेर हरेक शुक्रबार विस्फोटनका घटना हुने गरेको पाइएको हो । यस शुक्रबार पनि साप्ताहिक नियमित प्रार्थना सकिएको केही समयपछि प्रार्थनास्थल मस्जिदमा विस्फोटन भएको हो । 

घटनामा परी कम्तीमा १५ जना घाइते भएको र उनीहरूको विभिन्न अस्पतालहरूमा उपचार भइरहेको अधिकारीहरूले जनाएका छन् । 
 


Author

थप समाचार
x