बाइडनलाई चुनौति : उत्तर कोरियाद्धारा मिसाइल प्रक्षेपण !
काठमाडौँ : उत्तर कोरियाले फेरि मिसाइल प्रक्षेपण गरेको छ । बिहीबार उत्तर कोरियाले जापानको समुन्द्री तटमा दुई वटा मिसाइल प्रक्षेपण गरेको हो । यसले अमेरिकी नव निर्वाचित राष्ट्रपति जो बाइडनलाई तर्साएको छ ।
यसअघि ट्रम्पको पालामा उत्तर कोरियाले पटक पटक मिसाइल प्रक्षेपण गरेको थियो । ट्रम्पसँग शान्ति वार्ता समेत गरेर केही समयका लागि मिसाइल प्रक्षेपण रोकेका उत्तर कोरियाली नेता किम जोङ उनले बाइडनको कार्यकाल सुरु भएको तीन महिनामै आफ्नो पुरानै आणविक हतियार उत्पादनको निरन्तरता स्वरुप दुई वटा मिसाइल प्रक्षेपण गरेका हुन् ।
उत्तर कोरियालले फेरि मिसाइल गरेको घोषणा दक्षिण कोरियाले अमेरिकाले गरेका हुन् । पछिल्लो समय चुपचाप बसेको उत्तर कोरिया फेरि आणविक हतियार उत्पादनमा केन्द्रित भएको संकेत गरेको छ । यो अमेरिकी नयाँ राष्ट्रपति बाइडनका लागि चुनौति भएको अन्तराष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया