विश्व

रुसमाथिको निर्भरता रोक्न ग्रिक-बुल्गेरियाले ग्याँस पाइपलाइन तयार गर्दै

इकागज |
बैशाख १८, २०७९ आइतबार ११:३० बजे

काठमाडौँ -  ग्याँस बजारमा रुसको प्रभुत्व तथा आपूर्तिमा रुसमाथि रहेको युरोपेली संघको निर्भरतालाई रोक्न पूर्वी युरोपका देशहरुले परियोजना विकास र स्रोत बाँडफाँटका लागि सहकार्य गर्ने भएका छन् ।

ग्रिक-बुल्गेरियाको सीमामा जुनसम्ममा प्राकृतिक ग्यास पाइपलाइन तयार हुँदैछ जसले ती दुई देशहरू तथा उनीहरुका छिमेकी देशहरुमा उक्त नयाँ ग्रिडमा पहुँच प्रदान गर्ने लक्ष्य राखिएको छ ।


रुवेल मुद्रामा रकम भुक्तानी नरेको भन्दै रुसले पोल्यान्ड र बुल्गेरियालको ग्यास आपुर्ति रोकेपछि नयाँ ग्यास पाइपलाइनको तयारी गरिएको हो । रुसले युक्रेनमाथि आक्रमण गरेसँगै पश्चिमा देशहरुले रुसमाथि प्रतिवन्ध लगाएपछि रुसले रुवेल मुद्रामा भुक्तानीको माग राखेको थियो । 

निर्माण हुँदै गरेको पाइपलाइन ग्रिकको कोमोटिनीदेखि बुल्गेरियाको स्टारा जागोरासम्म पुग्ने छ । उक्त परियोजनालाई ग्रिक र बुल्गेरियासँऊ युरोपेली संघको लगानी रहेको छ । 

यसैबीच रोमानिया र बुल्गेरियाले पनि ग्यासमाथि रहेको रुसको एकाधिकारलाई कम गर्न काम गर्ने जनाएका छन् ।
 


Author

थप समाचार
x