बिडेनले गरे रुसी आक्रमणको समाचार संकलन गर्ने पत्रकारको प्रशंसा
काठमाडौँ - अमेरिकी राष्ट्रपति जो बिडेनले युक्रेनमाथि रुसले गरेको आक्रमणको समाचार संकलन गर्ने पत्रकारहरुको हिम्मतको प्रशंसा गरेका छन् । वासिङटन डिसीमा आयोजित ह्वाइट हाउस करेसपोन्डेन्ट्स एसोसिएसनको डिनरका क्रममा बिडेनले पत्रकारको हिम्मतको प्रशंसा गरेका हुन् ।
व्यापकरुपमा बढ्दै गएको गलत सूचनाका कारण लोकतन्त्रमाथि प्रहार भइरहेको बताउदै बिडेनले अहिलेको स्वतन्त्र प्रेस अघिल्लो शताब्दी भन्दा बढी महत्वपूर्ण रहेको जनाए ।
युक्रेनमा समाचार संकलनका क्रममा ज्यान गुमाएकाहरुलाई कार्यक्रममा सम्मान समेत गरिएको थियो ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया