भारतमा यात्रुवाहक विमान दुर्घटना, १४ यात्रुसहित तीन चालक दलका सदस्य घाइते
एजेन्सी – भारतमा यात्रुवाहक विमान ठोक्किदा कम्तीमा १४ यात्रु र तीन जना चालक दलका सदस्यहरू घाइते भएको स्थानीय सञ्चारमाध्यमले सोमबार उल्लेख गरेका छन्।
बोइङ ७३७ यात्रुवाहक विमान भारतको वित्तीय केन्द्र मुम्बईबाट पूर्वी राज्य पश्चिम बङ्गालको दुर्गापुरका लागि उडेको एनडीटीभीको रिपोर्टमा उल्लेख छ।
१८८ यात्रु बोकेको स्पाइसजेटको विमान दुर्गापुर विमानस्थलमा अवतरण गर्नुअघि ठूलो मिड–एयर टर्ब्युलेन्स भएको थियो। एकापसमा ठोक्किने क्रममा ओभरहेड क्याबिनमा राखिएको सामान खसेर यात्रु घाइते भएका थिए ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया