विश्व

अमेरिकामा गर्भपतनको अधिकार उल्टाउन लागिएको खुलासा

इकागज |
बैशाख २०, २०७९ मंगलबार १४:४९ बजे

काठमाडौँ -  अमेरिकी सर्वोच्च अदालतले गर्भपतनको राष्ट्रव्यापी कानूनी अधिकारलाई उल्टाउन लागेको चुहावट (लिक) भएको एक गोप्य कागजातले देखाएको छ । 

बीबीसीले जनाए अनुसार अदालतको ९८ पृष्टको उक्त गोप्य मस्यौदामा न्यायाधिश सामुएल अलिटोले सन् १९७३ को रो र वाडे बीचको मुद्दाको फैसलाले अमेरिकामा गर्भपतनलाई वैधानिकता दिने गरेको निर्णय 'गम्भीर रूपमा गलत' भएको उल्लेख गरेका छन् ।


यदि अमेरिकाको सर्वोच्च अदालतले उक्त निर्णयलाई खारेज गरेको खण्डमा अमेरिकाको २२ वटा राज्यहरुमा तत्कालै गर्भपतन अवैध हुनेछ । तर यसको फैसला भने न्यायाधिशहरुले जुलाईको पहिलो सातासम्म निर्णय सुनाउने अपेक्षा भने गरिएको छैंन ।

अदालतको नजरमा भने १९७३ को कानून रहेको छ किनभने यसले मिसिसिपीको १५ हप्तापछिको गर्भपतनमाथि प्रतिबन्ध लगाउने चुनौतीलाई पर्खिरहेको छ ।
 


Author

थप समाचार
x