भारतमा एकै दिन दुई हजार ५६८ जना काेभिडका नयाँ सङ्क्रमित
एजेन्सी – भारत २४ घण्टाको समयावधी अर्थात सोमबार मधयरातिसम्म दुई हजार ५६८ व्यक्ति काेभिड-१९ का थप सङ्क्रमति भएपछि यहाँ कूल सङ्क्रमतिको सङ्ख्या चार करोड ३० लाख ८४ हजार ९१३ जना पुगेको केन्द्रीय स्वास्थ्य मन्त्रालयले मङ्गलबार बिहान जानकारी दिएको छ ।
विगत केही महिनायता न्यून विन्दुमा पुगेको काेभिड सङ्क्रमणको पुनः नयाँ सङ्क्रतिको सङ्ख्या तीन हजार नाघेको लगातार पाँचौँ दिन भएको थियो । यद्यपी गत २४ घण्टामा भने केही कमी आएको पाइएको छ ।
थप एक दिनमा भएका काेभिडका नयाँ सङ्क्रमतिमध्ये ४२ प्रतिशत दिल्लीका रहेका समाचारमा जनाइएको छ । हाल राष्ट्रिय राजधानी दिल्लीमा पाँच हजार ७४४ सक्रिय सङ्क्रमित रहेका छन् ।
यसका साथै २४ घण्टाको समयमा महामारीका कारण थप २० जनाको मृत्यु भएपछि देशभर काेभिडबाट मृत्यु हुने व्यक्तिको सङ्ख्या पाँच लाख २३ हजार ८८९ पुगेको छ । भारतभरी अझै पनि सक्रिय सङ्क्रमित १९ हजार १३७ जना रहेका पनि सो मन्त्रालयले जानकारी दिएको छ ।
भारतमा केही महिनायताबाट सक्रिय सङ्क्रमित घट्ने क्रम जारी रहेको थियो । तर केही हप्तायताबाट सक्रिय सङ्क्रमति बढेको पाइए तापनि गत २४ घण्टामा केही हप्तापछि पहिलो पटक ३६३ जना सक्रिय सङ्क्रमित घटेको छ ।
२४ घण्टाको समयावधी अर्थात सोमबार मध्यरातिसम्म दुई हजार ९११ जना कोरोना निको भएका छन् । यसैसँगै हालसम्म चार करोड २५ लाख ४१ हजार ८८७ जना सफलतापूर्वक कोरोना सङ्क्रमण निको भएका छन् ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया