युक्रेनी लडाकुले आत्मसमर्पण गरे सर्वसाधारणलाई सुरक्षित बाटो दिन्छौँ : पुटिन
काठमाडौँ- रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनी लडाकूले आत्मसमर्पण गरे आफ्ना सेनाले सर्वसाधारणलाई सुरक्षित बाटो दिन तयार रहेको बताएका छन् ।
संयुक्त राष्ट्र संघले युक्रेनको मारिउपोलबाट शुक्रबारदेखि तेस्रो चरणमा सर्वसाधारणहरुलाई उद्धार गर्ने कार्य सुरु हुने जनाएपछि रुसी राष्ट्रपति पुटिनले युक्रेनी सेना तथा लडाकुले आत्मसमर्पण गर्नपर्ने शर्त अघि सारेको हो ।
मारिउपोलको स्टिलवर्कको नियन्त्रणको लागि थप लडाई जारी रहदा युक्रेनका अन्तिम लडाकूहरु त्यहा रहेको बताइएको छ । स्टिलवर्क प्लान्टमा अहिले पनि करिब २ सय सर्वसाधारणहरु रहेका छन् ।
राष्ट्र संघका महासचिव एन्टोनियो गुटेरेसले उनीहरुलाई बाहिर निकाल्न जेपनि गरिने बताएका छन् ।
यता रुसी राष्ट्रपति पुटिनले भने मारिउपोलमा विजयी भएको घोषणा गरिसकेका छन् र कारखानाको क्षेत्रलाई सिल गर्न आफ्ना सेनालाई निर्देशन दिइसकेका छन् । तर स्टिलवर्क प्लान्टमा रहेका युक्रेनी सेनाले भने अझैपनि युद्ध जारी राखेका छन् ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया