विश्व

अमेरिकी राष्ट्रपतिको प्रवक्तामा प्रथम पटक अश्वेत र समलिंगी नियुक्त

इकागज |
बैशाख २३, २०७९ शुक्रबार ११:४० बजे

काठमाडौँ-  अमेरिकी राष्ट्रपति जो बाइडनले कारिन जिन-पियरीलाई आफ्नो नयाँ वरिष्ठ प्रवक्ता नियुक्त गरेका छन् । राष्ट्रपतिको वरिष्ठ प्रवक्ता नियुक्त हुने उनी पहिलो अश्वेत नागरिक हुन् । 

यसका साथै खुल्ला रुपमै समलिंगीको रुपमा रहेकी कारिन उक्त पदमा नियुक्त हुने उनी पहिलो समलिंगी पनि हुन् । कारिनलाई ४३ वर्षीय जेन साकीको स्थानमा नियुक्त गरिएको हो । 


४४ वर्षीया कारिनले बाइडन निर्वाचित भएसँगै उपप्रमुख प्रेस सल्लाहकार नियुक्त भएकी थिइन् । प्रेस सल्लाहकारले ह्वाइट हाउसको दैनिक जानकारीका लागि पत्रकार सम्मेलन गर्नुपर्ने हुन्छ । 
 


Author

थप समाचार
x