विश्व

तान्जानियामा सडक दुर्घटना : नाै महिनामा एक हजारभन्दा बढीको मृत्यु

इकागज |
बैशाख २३, २०७९ शुक्रबार १६:१८ बजे

काठमाडाैँ –​ तान्जानियामा जुलाई २०२१ देखि मार्च २०२२ सम्म भएका १,५९४ सडक दुर्घटनामा कम्तीमा १,१९१ जनाको मृत्यु भएको  एक क्याबिनेट मन्त्रीले बिहीबार संसद्‌मा बताएका छन् ।

सोही अवधिमा सडक दुर्घटनामा २ हजार १३९ जना घाइते भएको गृहमन्त्री हमाद युसुफ मसौनीले जानकारी दिए । जुलाई २०२० देखि मार्च २०२१ सम्म १,२२८ सडकबाट ९९९ जनाको मृत्यु भएको थियो।


जुलाई २०२० र मार्च २०२१ को बीचमा, १,२२८ सडक दुर्घटनाहरूमा ९९९ व्यक्तिको मृत्यु भएको थियो जसमा १,५८९ जना घाइते भएका थिए ।  मन्त्री मसौनीले राजधानी डोडोमाको सदनलाई २०२२/२०२३ आर्थिक वर्षको लागि आफ्नो मन्त्रालयको बजेट प्रस्तावहरू प्रस्तुत गर्दा सो कुरा उल्लेख गरेका हुन् ।

‘यस तथ्याङ्कले ३६६ सडक दुर्घटनामा वृद्धि भएको देखाएको छ जुन २९ दशमलव ८ प्रतिशतले बढेको छ,’ मन्त्रीले भने । उनका अनुसार अधिकांश दुर्घटना लापरबाही, खराब सवारी साधन र खराब सडकका कारण हुने गरेको छ ।

मसौनीले सडक दुर्घटनामा संलग्न रहेको भन्दै कारबाहीस्वरुप प्रहरीले ८७ चालकको सवारी चालक अनुमतिपत्र खारेज गरेको र १४१ चालकको विभिन्न अवधिको सवारी चालक अनुमतिपत्र निलम्बन गरेको पनि बताएका छन् ।


Author

थप समाचार
x