अफगानिस्तानमा दुई करोड ४० लाखलाई सहयोगको आवश्यकता
एजेन्सी – अफगानिस्तानमा दुई करोड ४० लाखभन्दा बढी मानिसलाई मानवीय सहायता आवश्यक परेको देखिएको छ ।
मानवीय सहायता आवश्यकता पर्नेहरूको सङ्ख्या अघिल्लो वर्षकोभन्दा धेरै भएको अधिकारीहरूले बताएका छन् ।
अघिल्लो बर्ष सन् २०२१ मा एक करोड ८० लाखभन्दा बढीलाई मानवीय सहायता आवश्यक पर्ने तथ्याङ्का सार्वजनिक गरिएको थियो ।
हालै सार्वजनिक गरिएको एक प्रतिवेदनका अनुसार तत्कालिन तालिवान विद्रोहीले सत्ता हातमा लिएपछि मानवीय सहायता आवश्यक पर्नेहरूको सङ्ख्या बढेको देखिएको हो ।
तालिवान सरकार बनेपछि कतिपय अन्तर्राष्ट्रिय क्षेत्रबाट आउने गरेको सहयोग रोकिएकाले पनि अभाव बढेको प्रतिवेदनमा उल्लेख गरिएको छ ।
अफगानिस्तानमा ७० प्रतिशतलाई आधारभूत आवश्यकता पुरा गर्न पनि गाह्रो हुने गरेको अध्ययनले देखाएको छ ।
अमेरिकी एक संस्थाले गरेको अध्ययनको प्रतिवेदन संसदमा पेस पनि गरिएको छ । विश्वमै धेरै मानवीय सहायता आवश्यक पर्ने मुलुकमध्ये अहिले अफगानिस्तान पनि एक हो ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया