युक्रेनको स्टिलवर्कबाट सर्वसाधारणको उद्दार गरिएको रुसको दाबी
काठमाडौँ – रुसले युक्रेनको मारिउपोलको अजोभ्सताल स्टिलवर्कबाट सबै वृद्ध, महिला र बालबालिकालाई बाहिर निकालिएको जनाएको छ । तर गत एक हप्ता अघिदेखि उद्दार कार्यमा संलग्न संयुक्त राष्ट्र संघ र रेडक्रसले भने यसको पुष्टि भने नगरेको बीबीसीले जनाएको छ ।
यता उद्दार गरिएका गरिएकाहरुलाई कहाँ राखिएको जानकारी प्राप्त नभएको तथा युक्रेनले उक्त स्थानबाट उद्दार कार्य अझै पुरा नभएको जनाएको छ । अर्कोतर्फ युक्रेनी लडाकुहरु अहिले पनि रुसको नियन्त्रणमा नआइसकेको उक्त स्थानमा अझै रुसी सेनाको प्रतिकार गरिरहेका छन् ।
यता रुसी सेनाले भने युक्रेनी लडाकुहरुलाई आत्मसमर्पण गर्ने भन्दै स्टिलवर्कलाई घेरा हालेर बसेका छन् ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया