विश्व

बन्द सूइज नहरको विश्व व्यापारदेखि वातावरणमा प्रभाव कति ?

इकागज |
चैत १३, २०७७ शुक्रबार १८:३१ बजे

काठमाडौँ  : इजिप्टको सूइज नहरमा अड्किएको पानीजहाज निकाल्ने प्रयास जारी छ । अर्को साताबाट सामुन्द्रिक छाल घट्ने प्रक्षेपण रहेको हुँदा त्यो भन्दा अगाडि नै उद्धारकर्ताहरु पानीजहाजलाई त्यहाँबाट हटाउन लागिपरेका छन् । अड्किएको पानीजहाजलाई समयमै हटाउन नसकिने हो भने, विश्व अर्थतन्त्रलाई अरबौँ अमेरिकी डलर बराबरको नोक्सान हुने बताइएको छ । 

नहरमा अड्किएको पानीजहाज चार सय मिटर लामो छ । जसले आर्थिक मात्रै होइन, वातवरणीय चुनौति पनि दिएको अन्तराष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् । अड्किएको पानीजहाज हटाउन केही साता लाग्ने सम्भावना पनि रहेकाले वैकल्पिक रुट प्रयोग गर्न सुरु गरिएको छ । वैकल्पिक रुट हो, दक्षिण अफ्रिकाको ‘अफ्रिकी केप’ । यद्यपि सो रुट हुँदै आवतजावत गर्दा सूइज नहरको तुलनामा दुई साता बढी समय लाग्छ ।  


सूइज नहरमा अड्किएको जहाजको नाम एभरग्रीन हो । ताइवानी कम्पनी एभरग्रीन शिपिङ कम्पनीबाट सञ्चालित सो जहाज डच सहर रोटरड्यामतर्फ जाँदै थियो । दुई सय पाँच मिटर चौडाई भएको नहर पार गर्दै गर्दा अचानक आँधी आएपछि पानीजहाजले नियन्त्रण गुमाएको सूइज क्यानल प्राधिकरणको भनाई छ । उता पानीजहाज सञ्चालक ताइवानी कम्पनीले पनि अचानक आएको आँधीलाई नै दोष दिएको छ । विस्तृत छानबिन हुन बाँकी भए पनि पानजिहाज इन्जिन बिग्रिएकाले वा अन्य प्राविधिक कारणले नअड्किएको बताइएको छ । एभरग्रिन दुर्घटनामा परेको यो पहिलो घटना भने होइन । यो जहाज सन् २०१९ मा पनि जर्मन सहरको ह्यामबर्गको नहरमा यो जहाज फेरीसँग ठोक्किएको थियो । 

यसबैबीच बुधबार एभरग्रिनलाई सूइज नहरबाट थोरै भएपनि सारिएको खबर आएको थियो । सूइज बन्दरगाहलाई उदृत गर्दै प्रकाशित खबरमा, चाँडै नै नहरमा पानजिहाजको आवतजावत सुचारु हुन दाबी गरिएको छ । तर बिहीबार रातीसम्म पनि सूइज नहर खुल्ने आशामा सयौँ पानीजहाज जाममा थिए । 

सूइज नहर खुल्न कति समय लाग्ला ?

केही दिन देखि केही सातासम्म । जति समय पनि लाग्न सक्छ । अहिले नै अनुमान गर्न गाह्रो छ । हाल सूइज नहरमा छाल बढिरहेकाले एभरग्रिनलाई निकाल्ने मौका रहेको बताइएको छ । तर आउँदो बिहीबारबाट केही साताका लागि ठूला छाल नआउने हुँदा अड्किएको एभरग्रिनलाई तैराउन सजिलो हुने छैन ।
बिहीबार बिहानसम्म पनि कन्टेनर बोकेका पानीजहाजहरु सूइज नहरतर्फ जाने क्रम जारी छ । सूइज नहर चाँडै खुल्ने आशा भएकाले पनि ती पानीजहाज लाइन बस्न तयार देखिएका हुन् । यद्यपि बिहीबार साँझदेखि कयौँ ठूला पानीजहाज अफ्रिकी केपतर्फ लागेको देखियो । 

सूइज नहर बन्द हुँदाको दैनिक घाटा 

दी इन्टरनेसनल च्याम्बर अफ शिपिङका अनुसार दैनिक तीन अर्ब अमेरिकी डलर बराबरको कार्गो बोकेका पानीजहाज सूइज नहरहुँदै आवतजावत गर्छन् । एक दिन सूइज नहर बन्द हुँदा कन्टेनरमा रहेका कती रकम बराबरको वस्तु नष्ट हुने वा तिनको अवस्थमा असर पर्ने हो, अनुमान गर्न सजिलो छैन । सन् २०१२ मा गरिएको एक अध्ययनका अनुसार एक दिन पनि पानीजहाज रोकिने हो भने त्यसमा भएका सामानको कुल मूल्यको २.३ प्रतिशत सम्म मोल घट्ने गर्छ । त्यसकारण, सूइज नहरमा रोकिएका सयौँ पानीजहाज आ-आफ्नो गन्तब्यतर्फ लाग्ने अवस्था नरहने हो भने त्यसले पुर्‍याउने घाटा व्यापक रहनेछ । 

विश्व व्यापारमा असर कति ? 

सूइज नहर एक सय बीस माइल लामो रहेको छ । यस मानव निर्मित जलमार्गले रेड सीलाई हिन्द महासागरसँग जोड्छ । विश्व व्यापारमा यस नहरको हिस्सा करिब १२ प्रतिशत छ । त्यस्तै, सामुन्द्रिक मार्गबाट आपूर्ति गरिने पेट्रोलियम पर्दाथमा सुइज नहरको हिस्सा करिब पाँच देखि १० प्रतिशत रहेको छ । दैनिक तीस लाख ब्यारेल तेल सूइज नहर हुँदै विश्वका विभिन्न भाग पुग्छ । त्यसकारण केही दिन सूइज नहर बन्द हुँदैमा विशव बजारमा तेलको भाउ बढ्ने सम्भावना रहँदैन । 
बरु कार्गो बोक्ने पानजिहाजहरुको भाउ बढ्ने सम्भावना चाँहि रहन्छ । विश्वमा सामुन्द्रिक मार्ग हुँदै आवतजावत गर्ने कुल कार्गोमा सूइज नहरको हिस्सा एक तिहाई रहेको छ । गाडीका पार्टस् देखि कार्पेटसम्म, खाना देखि कृषी सामाग्रीसम्म सूइज नरहहुँदै विभिन्न मुलुक पुर्‍याइन्छन् । त्यसकारण, सूइज नहरमा आउने अवरोधले विश्व बजारमा यी वस्तुहरुको मूल्य बढ्ने देखिन्छ । 

त्यसै पनि पछिल्ला साताहरुमा कार्गो बोकने पानजिहाजको भाडा बढिरहेको थियो । कोभिड-१९ का कारण पानीजहाजमा काम गर्ने सयौँ कामदारहरु महिनौँसम्म समुन्द्रमै अड्किएको, कयौँ बन्दरगाह पूर्णरुपमा अझैँ सञ्चालनमा आउन नसकेको, माग अनुसारको कार्गो जहाज तथा कन्टेनरको निर्माण हुन नसकेको जस्ता कारणले कार्गो जहाजको भाडा बढेको थियो । 

पछिल्लो समय आर्थिकरुपमा बलियो बन्दै गएका एयिाली मुलुकमा विदेशी वस्तुको माग बढिरेहको अवस्था छ । अझ कोभिड-१९ का कारण ती मुलकका विदेशी वस्तुहरुमाथि खर्च गर्ने क्रम ह्वात्तै बढ्यो । एसियाली मुलुकमा एक्कासी बढेको मागले पहिलाबाटै कम संख्यामा रहेका कार्गो बोक्ने जहाजको भाडा स्वभाविकरुपमा बढ्यो । संयुक्त राष्ट्रसंघका अनुसार पछिल्लो महिना नै कार्गो जहाजको भाडा तनि पटक बढिसकेको छ । साविकमा हुने वृद्दी भन्दा यसपटकको वृद्दी दुई गुणाले बढी हो । त्यसकारण, सूइज नहर थोरै समयकै लागि बन्द भएपनि सयौँ कार्गो जहाज गन्तब्यमा पुग्न ढिलाई हुनेछ । जसका कारण समुन्द्रमै रहेको वस्तु गन्तब्यमा पुग्न ढिलाई त हुने नै छ, थप वस्तुको ढुवानी पनि अस्तव्यस्त हुनेछ । 

वातावरणीय प्रभाव 

विश्वभर हुने ग्रीनहाउस ग्यास उत्सर्जनमा सामन्द्रिक यातायातका साधानहरुको योगदान तीन प्रतिशत रहेको छ । अर्को वाक्यमा भन्दा जर्मनीले गर्ने ग्रीन हाउस ग्यास उत्सर्जन र सामन्द्रिक यातायातका साधानहरुबाट हुने उत्सर्जन उति नै हो । यद्यपि ‘पेरिस क्लाइमेट एग्रिमेन्ट’ ले सामन्द्रिक यातायातका साधानहरुलाई छुँदैन । अझ सूइस नहर बन्द रहेको अवस्थामा दक्षिण अफ्रिकी मार्गबाट आवतजावत गर्ने पानीजहाजहरुले बढी तेलको खपत गर्नेछन् भने थोरै समयलाई भएपनि ग्रीन हाउस ग्यास उत्सर्जनमा योगदान पुर्‍याउने छन् । 

कार्गो बोक्ने ठूला पानीजहाजहरुले कुन तहको प्रदुषण गर्छन् भन्ने विषयमा बहस भएको लामै समय भइसकेको छ । सूइज नहर बन्द हुँदाको अवस्थामा यस किसिमको बहस फेरि सतहमा देखिएको छ । यस किसिमका घटनाले समुन्द्रिक मार्ग हुँदै हुने कार्गो यातायातको मोडालिटीमाथि बहस हुनु सकारात्मक भएको विज्ञहरु बताउँछन् । बेलायतको म्यानचेस्टर विश्वविद्यालयका अनुसार पानीजहाजको स्पिडमा १७ प्रतिशतले मात्रै कम गर्ने हो भने पनि त्यस पानजिहाजबाट हुने ग्रिन हाउस ग्यास उत्सर्जनमा करिब २५ प्रतिशतले कमी आउँछ । 
अमेरिकी सञ्चार माध्यम टाइमबाट 

 


Author

थप समाचार
x