क्यानाडाका प्रधानमन्त्री युक्रेनमा, राष्ट्रपति जेलिन्स्किीसँग भेटवार्ता
काठमाडौँ– क्यानाडाका प्रधानमन्त्री जस्टिन ट्रयुडेउ युक्रेन पुगेका छन् । उनी आइतबार नै युक्रेन पुगेको समाचारमा जनाइएको छ । प्रधानमन्त्री ट्रयुडेउले आइतबार नै युक्रेनका राष्ट्रपति भोलोदोमिर जेलिन्स्किीसँग भेटवार्ता पनि गरेका थिए ।
उनीहरूबीच युक्रेनको पछिल्लो अवस्थाका बारेमा कुराकानी भएको थियो । त्यस अवसरमा क्यानाडाले युक्रेनलाई गर्ने सहायताका बारेमा समेत कुराकानी भएको थियो । त्यसक्रममा युक्रेनका राष्ट्रपति जेलिन्स्किीले रुसका विरुद्धमा थप नाकाबन्दीका लागि आग्रह गरेका थिए ।
साथै राष्ट्रपति जेलिन्स्किीले क्यानाडासँग युक्रेनका लागि थप सैन्य तथा अन्या मानवीय सहायता सामग्रीहरूको माग गरे । क्यानाडाली प्रधानमन्त्रीले युक्रेनका लागि थप सैन्य सहयोग र अन्य आर्थिक सहायतासम्बन्धी प्याकेजको पनि घोषणा गरेको समाचारमा जनाइएको छ । एजेन्सी
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया