युक्रेनमाथिको सैन्य कारवाही आवश्यक रहेको पुटिनको दावी
काठमाडौँ - रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनमाथि गरिएको विशेष सैन्य कारवाही आवश्यक तथा सही निर्णय भएको दावी गरेका छन् ।
दोस्रो विश्वयुद्धका क्रममा सोभियत संघले नाजी जर्मनीमाथि हात पारेको वार्षिक उत्सव कार्यक्रममा बोल्दै पुटिनले युक्रेनमाथि गरिएको विशेष सैन्य कारवाही आवश्यक तथा सही निर्णय भएको दावी गरेका हुन् ।
पूर्वी युक्रेनी डोनबास क्षेत्रमा सेना र स्वयंसेवकहरू 'मातृभूमि र यसको भविष्यको लागि लडिरहेको' बताउँदै पुटिनले पश्चिममा देशहरुले आफ्नो भूमिमा आक्रमणको तयारी गरिरहेको आरोप समेत लगाए ।
उनले सैन्य कारवाहीका क्रममा मारिने प्रत्येक सेना तथा अधिकारीहरुको निधन रुसका लागि दुखदायी भएको बताए ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया