खाना वितरण पार्सलमा सर्पको छाला फेला पारेपछि
एजेन्सी – हालै एक ग्राहकले आफ्नो खाना वितरण पार्सलमा सर्पको छाला फेला पारेपछि केरलाको एउटा होटेल बन्द गरिएको थियो । यही ५ मेमा आमा र छोरीले होटलबाट खाना अर्डर गर्ने क्रममा सर्पको छाला फेला परेको इन्डिपेन्डेन्टले जनाएको छ ।
तिरुवनन्तपुरमको नेदुमंगडु क्षेत्रको एक होटल रेस्टुरेन्टबाट किनेको परौठा प्याक गर्न प्रयोग गरिएको कागजमा उनीहरूले सर्पको छाला फेला पारेका थिए । प्रिया नाम गरेकी आमाले आफू र छोरीलाई खाजाका लागि दुई पिस परौठा र केही चटनी मगाएका थिए ।
छोरीले आफ्नो भागको परौठा सकिसकेपछि आफूले खान लाग्दा उनले र्यापिङ पेपरमा सर्पको छालाको अंश फेला पारिन । तुरुन्तै प्रियाले प्रहरीलाई सम्पर्क गरिन् । प्रहरीको निर्देशनमा उनले खाद्य सुरक्षा अधिकारीहरूलाई जानकारी गराएकी थिइन् ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया