विश्व

कोइला खानी दुर्घटनामा चारको मृत्यु

इकागज |
चैत १४, २०७७ शनिबार ७:३५ बजे

ताइवान : उत्तर चीनको शांक्सी प्रान्तमा रहेको कोइला खानीमा बिहीबार भएको ग्यास दुर्घटनापछि फसेका चार जना मजदुरको मृत्यु भएको उद्धारकर्र्मीले पुष्टि गरेका छन् । 

 उनीहरुका शव शुक्रबार बिहान १०:३५ फेला परेको दुर्घटनाको उद्धार मुख्यालयले जानकारी दिएको छ ।


 बिहीबार बिहान ३:५१ बजे भएको उक्त दुर्घटनामा १२ जना कामदार फसेका थिए र आठ जनाको भने उद्धार गरिएको  थियो । दुर्घटनाको कारणबारे थप अनुसन्धान भइरहेको जनाइएको छ ।  (सिन्ह्वा)


Author

थप समाचार
x