श्रीलंका संकट : कर्फ्यू उल्लंघन गर्नेलाई देख्नासाथ गोली चलाउन आदेश
निवर्तमान प्रधानमन्त्रीसहित ५० भन्दा बढी नेताका घरमा आगजनी
काठमाडौँ - श्रीलंकामा कर्फ्यू उल्लंघन गर्नेहरूलाई देख्नासाथ गोली चलाउन आदेश दिइएको छ । प्रदर्शन उग्र हुन थालेपछि कफ्यू उल्लंघन गर्नलाई गोली चलाउन आदेश दिइएको हो ।
आर्थिक संकटका कारण श्रीलंकाका नागरिकहरूले सरकारविरुद्ध प्रदर्शन गर्दै आएका छन् । श्रीलंकामा बुधबारसम्मका लागि कर्फ्यु जारी गरे पनि विरोध प्रदर्शन जारी रहेको बीबीसीले जनाएको छ । समाचारमा जनाइएअनुसार मंगलबार राजधानीका सडक सुनसान देखिए पनि रातिमा हिंसात्मक प्रदर्शनहरू भएका छन् ।
सोमबारदेखि मंगलबारको अवधिमा सात जनाको मृत्यु भइसकेको छ । प्रदर्शनकारीले गाडीहरूमा आगजनी र तोडफोड गरेका छन् ।
सोमबार प्रदर्शनकारीले निवर्तमान प्रधानमन्त्री महिन्दा राजापाक्षेको घरमा आगजनी गरेका थिए । प्रदर्शनमा एकजना सत्तारुढ दलका सांसदसहित पाँच जनाको मृत्यु भएपछि प्रधानमन्त्री महिन्दा राजापाक्षले पदबाट राजीनामा दिएका थिए ।
प्रदर्शनकारीले जलाइदिएपछि पूरै देशमा कर्फ्यु जारी गरिएको छ । सोमबार राति श्रीलंकामा राजनीतिक दलका ५० भन्दा बढी नेताहरूको घरमा आगजनी भएको छ । उनीहरूले पनि अन्यत्र शरण लिएर बसिरहेको अन्तर्राष्ट्रिय सन्चार माध्यमहरूले जनाएका छन् ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया