विश्व

अल जजिराकी पत्रकारको गोली हानी हत्या

इकागज |
बैशाख २८, २०७९ बुधबार ११:५७ बजे

काठमाडौँ- इजरायली सेनाले अलजजिराकी पत्रकार सिरिन अबु अकलेहको गोली हानी हत्या गरेको छ । वेस्ट ब्यांकमा इजरायली सेनाले अलजजिराकी पत्रकारलाई गोली हानेको तथा अस्पताल पुर्‍याइएपछि उनको मृत्यु भएको प्यालेस्टाइनका स्वास्थ्य मन्त्रीले बताएका छन् ।

जेनिन सहरमा इजरायली आक्रमणको समाचार संकलन गरिरहेको समयमा बुधबार सिरिनमाथि गोली प्रहार भएको थियो तथा उनलाई गम्भीर अवस्थामा अस्पताल लगिएको थियो । सिरिनको टाउकोमा गोली लागेको थियो ।


त्यसैगरी, जेरुसलमको कुद्स पत्रिकाका लागि काम गर्ने प्यालेस्टाइनका अर्का पत्रकार अल सामोदीलाई पनि गोली हानिएको थियो तर उनको अवस्था अहिले स्थिर रहेको छ ।


Author

थप समाचार
x