विश्व

थप हिंसात्मक प्रदर्शनपछि श्रीलंकामा कर्फ्यू लम्ब्याइयो

इकागज |
बैशाख २८, २०७९ बुधबार १६:५६ बजे

काठमाडौँ -  श्रीलंकामा सरकारी अधिकारीले बुधबार पनि कर्फ्यू आदेश जारी गरेका छन् । हिंसात्मक प्रदर्शन र आगजनी जारी रहेपछि कर्फ्यू थप गरिएको हो ।

शान्तिपूर्ण प्रदर्शनमा उत्रिएका प्रदर्शनकारीमाथि सरकार समर्थित समूहले आक्रमण गरेपछि प्रदर्शनकारी हिंसा तथा आगजनीमा उत्रिएका थिए । यता सुरक्षाकर्मीलाई कर्फ्यू आदेश उल्लंघन गर्नेमाथि गोल चलाउन आदेश दिइएको छ ।


श्रीलंकामा आर्थिक संकट गहिरएपछि श्रीलंकन राष्ट्रपति गोटाबायाको राजिनामा माग गर्दै देशव्यापी प्रदर्शन जारी रहेको छ । महिन्दा राजपाक्षेले प्रधानमन्त्री पदबाट राजिनामा दिएपछि उनको परिवारलाई सरकारी निवासबाट गोप्य स्थानमा लगिएको छ ।


Author

थप समाचार
x