मार्कोस जुनियरले गरे फिलिपिन्सको राष्ट्रपतिमा आफू निर्वाचित भएको दावी
काठमाडौँ – फर्डिनान्ड मार्कोस जुनियरले फिलिपिन्सको राष्ट्रपति निर्वाचनमा आफू विजयी भएको दावी गरेका छन् । ९८ प्रतिशत मत गणना भइसक्दा मार्कोसले ३१ मिलियन तथा उनका प्रतिद्वन्दी तथा पूर्व उपराष्ट्रपति लेनी रोवरेडोले १४ मिलियन मत प्राप्त गरेको सीएनएनले जनाएको छ ।
निर्वाचनको आधिकारिक परिणाम नआएपनि मार्कोसका प्रवक्ताले जारी गरेको वक्तव्य अनुसार उनले आफू सम्पूर्ण नागरिकको राष्ट्रपति बन्ने प्रतिवद्धता व्यक्त गरे । मार्कोसले यो सम्पूर्ण फिलिपिनी नागरिक तथा प्रजातन्त्रको विजयी भएको दावी समेत गरे ।
मार्कोसले देशलाई एकतावद्ध गर्ने, रोजगार सृजना गर्ने, मूल्यवृद्धि नियन्त्रण गर्ने तथा कृषि र पूर्वाधारमा लगानी गर्ने वाचासहित प्रचार प्रसारमा उत्रिएका थिए ।
मार्कोसको जित सुनिश्चित भए मार्कोसको परिवार ३० वर्षपछि सत्तामा आउनेछ । यस अघि सन् १९८६ मा देशमा विद्रोह भएपछि मार्कोस सिनियरले २१ वर्षे सत्ता त्याग गरेका थिए ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया