उत्तर कोरियामा देशव्यापी लकडाउन
काठमाडौँ - आधिकारिक रुपमै कोभिडका विरामी देखिएपछि उत्तर कोरियाले देशव्यापी लकडाउनको घोषणा गरेको छ । कोरियाको सरकारी सञ्चारमाध्यमले राजधानी प्योङयाङमा ओमिक्रोन फैलिएको बताएपनि कतिजना संक्रमित भएको भने उल्लेख नगरिएको बीबीसीले जनाएको छ ।
सरकारले यसलाई सबैभन्दा ठूलो आपतकालीन अवस्था रहेको उल्लेख गरेको छ । तर पर्यवेक्षकहरूले यो भाइरस लामो समयदेखि उत्तर कोरियामा रहेको आशंका गर्दै आएका छन् ।
उत्तर कोरियाले आफ्नो नागरिकलाई कोभिड-१९ विरुद्धको खोप लगाएको छ । साथै चीनले बनाएको सिनोभ्याक खोप तथा एस्ट्राजेनेका खोपका लागि गरिएको प्रस्ताव पनि अस्वीकार गरेको छ ।
उत्तर कोरियाले कोभिडबाट बच्न सुरुवातदेखि नै सिमानाका बन्द गरेको थियो ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया