जब यात्रुले नै विमान अवतरण गराए…
काठमाडौँ – अमेरिकाको फ्लोरिडा राज्यमा विमान चालक आकाशमै अस्वस्थ भएपछि एक यात्रुले विमानलाई सकुशल अवतरण गराएका छन् । तर उक्त यात्रुको पहिचान भने खुल्न नसकेको बीबीसीले जनाएको छ ।
सार्वजनिक उडान रेकर्डिङमा अज्ञात व्यक्तिको आवाज सुनिएको थियो र उक्त व्यक्तिले आफूलाई हवाईजहाज कसरी रोक्ने भन्ने थाहा नभएको बताएका थिए ।
तर नयाँ पाइलटहरूलाई प्रशिक्षण दिने एयर ट्राफिक नियन्त्रक रोवर्ट मोर्गानले मंगलबार दिउँसो मात्रै पाम बीच अन्तर्राष्ट्रिय विमानस्थलमा विमान अवतरणका लागि उक्त व्यक्तिलाई मार्गदर्शन गर्न मद्दत गरेका थिए ।
विमान अवतरण गरेका उक्त व्यक्ति र एयर ट्राफिक नियन्त्रकले एक अर्कालाई अंकमाल गरे पनि परिचय खुलाएनन् । मोर्गानले उनको नाम सोध्न बिर्सिएका थिए ।
९ हजार फिटमाथि बाट रेडियोमा उक्त व्यक्तिले यहाँ गम्भीर अवस्था आएको तथा पाइलट अचेत भएको बताएका थिए । उनले आफू कहाँ रहेको बताउन नसकेपनि फ्लोरिडा कोस्ट देखिएको जनाएका थिए । ट्राफिक कन्ट्रोलर मोर्गानले भने विमानको स्थानबारे पत्ता लगाइरहेको जानकारी गराएका थिए ।
मोर्गानले दिएको निर्देशन अनुसार नै उक्त व्यक्तिले विमान अवतरण गराएका थिए । मोर्गानले उक्त व्यक्ति हिरो भएको प्रतिक्रिया दिए । उक्त निजी विमानमा भने केवल ३ जना रहेका थिए ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया