रणिल बिक्रमासिंघे श्रीलंकाको नयाँ प्रधानमन्त्री
काठमाडौँ – श्रीलंकाको नयाँ प्रधानमन्त्रीमा रणिल बिक्रमासिंघे नियुक्त भएका छन् । प्रधानमन्त्री महिन्दा राजापाक्षले सोमबार राजीनामा दिएपछि तत्कालै राजीनामा स्वीकृत गरेका राष्ट्रपति गोताबाय राजापाक्षले सांसदहरूसँग परामर्श गरी सर्वस्वीकार्य व्यक्तिलाई प्रधानमन्त्री नियुक्त गरेको बताएका छन् ।
बिक्रमासिंघे यसभन्दा अघि चारपटक प्रधानमन्त्री भैसकेका छन् ।
नयाँ प्रधानमन्त्री रणिल बिक्रमासिंघेलाई पूर्वप्रधानमन्त्री महिन्दा राजापाक्षले बधाई दिदैं उनकाे कुशल नेतृत्वले श्रीलंकाको विद्यमान जटिलतालाई पार लगाउने उल्लेख गरेका छन् । श्रीलंकामा राष्ट्रपति र प्रधानमन्त्रीको राजीनामा माग्दै लामो समयदेखि भइरहेको प्रदर्शन सोमबारदेखि हिंसात्मक बनेको छ । त्यहाँ राष्ट्रपतिले आफ्नो कार्यकारी अधिकार समेत त्यागेर स्थिरताको प्रयास गरिरहेका छन् ।
Congratulations to the newly appointed Prime Minister of #lka, @RW_UNP. I wish you all the best as you navigate these troubled times.
— Mahinda Rajapaksa (@PresRajapaksa) May 12, 2022
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया