प्रधानमन्त्रीले चिया खान बोलाएको होला भन्दै बालुवाटार लागे ओली

काठमाडौँ- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बालुवाटारमा चिया पिउन बोलाएकाले जान लागेको प्रतिक्रिया दिएका छन् । आज बिहान एमाले सचिवालयको बैठक सकिएपछि प्रधानमन्त्री प्रचण्डलाई भेट्न बालुवाटार जान लागेका ओलीले सञ्चारकर्मीहरूलाई यस्तो प्रतिक्रिया दिएका हुन् ।
नयाँ सरकार बन्न लागेको हो भन्ने प्रश्नमा ओलीले भने 'त्यो त प्रधानमन्त्रीलाई सोध्नुपर्छ । सरकार फेरिन्छ फेरिँदैन् भन्ने प्रधानमन्त्रीलाई थाहा हुन्छ ।'
दौडधुप त निकै छ नि भन्ने सञ्चारकर्मीको अर्को प्रश्नमा ओलीले ठट्यौली पारामा भने ‘प्रधानमन्त्रीज्यूले बोलाउनु भएको थियो । यसो चिया खान बोलाएको होला । त्यसैले जाँदैछु ।’
र, यो पनि

गगन थापा बाराबाट फर्केपछि मात्रै उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक बस्ने

बिचौलियाको पहुँच प्रधानमन्त्रीको बेडरूमसम्म छ : गगन थापा (भिडियो)

सरकारले गति लिन सकेन् : गगन थापा

नयाँ वर्षको शुभकामना दिँदै शेखरले भने- कांग्रेसको महाधिवेशनलाई टार्न खोज्ने …

तीनकुने घटनाको मास्टरमाइन्ड पूर्वराजा ज्ञानेन्द्रलाई सरकारले कारबाही गर्छ : ईश्व…

बिपी कोइराला अस्पतालको सेवा विस्तारमा सहयोग गर्ने सभापति देउवाको प्रतिबद्धता

ओली सरकार बदनाम भइरहेको विषयमा देउवा 'कन्भिन्स'

प्रतिक्रिया